वर्षभरीकै तपक्रम उच्च रहेको बेला काठमाडौँको स्वयम्भु हल्चोक स्थीत शसस्त्र प्रहरी वलकोे मुख्यलयमा बिलकुल नयाँ खेलाडीहरु अनि रोमाञ्चक फुटबल खेल सुरु हुन्छ उमेरले ७० नाघेका पाका कापाल अनि दाह्री फुलेको देशको नेतृत्व गरिरहेका प्रधनमन्त्री एकाएक फुटबल टिमको नेतृत्व सम्हाल्न तयार हुन्छन् ।
केही बेरको तयबरी पछि खेल सुरु हुन्छ उपस्थित दर्र्शक दिर्घा निकै उत्साहित देखिज्छन् । खेल सुरुभएको केहि समय नवित्दै कप्तान प्रधानमन्त्री सुशिल कोइरालको खुटामा बल पुग्छ । यसो बल नियन्त्रण सैली हेर्दा प्रधानमन्त्रीको हाउभाउ भने खेलाडीकै जस्तो देखिन्थ्यो लाग्थ्यो उनी पहिले खेलाडिनै थिए ।
वामअपको समयमा पनि वल नछोएका प्रधानमन्त्रीले जब बल पाए दर्शक दिर्घा तातियो आवाज घन्कीयो, पुष्पकमल दाहाल हाँसे, हिसीलाले खित्का रोक्न सकेनन्, कृष्ण सिटाउलाले हत्केलाले मुख छोपे, बाबुराम भटराई हेरेकोहेरै भए उता प्रधानमन्त्री भने आपतमा परे न कोही बल खोस्न आए न उनैले कसैलाई पास दिए । लाग्थ्यो बिनासकारी भुकम्पको पराकम्पनले निरास बनेको दर्सकहरुको मनमस्तस्कमा रहेको त्रासलाई उक्त खेलले केहिछिनलाई भएनि भुलाई दियो । उता प्रशिक्षण समालीरहेका पूर्व राष्टिय खेलाडी हरी खड्का कराए पास दिनुस प्रधान मन्त्री ज्यू उन्को आदे प्रधानमन्त्रीले सुनेकी सुनेनन् खै तर कस्लाई दिनेहोको शारीरीक हाउभाउ देखाउदै माधब नेपाल तिरहेरे तर नेपाल हाँसिमात्र रहे उताबाट पासाण् शेर्पाले वल मागे तर उस्को साटो नन्दकिशोर पुनलाई वल दिए बल पुनले अगाडि बडाऐ । यो सबै दृष्य हेरिरहेका कलाकर दयाहाण् राई भने पेट मिचिमिचि हाँसीरहे । यो बिचमा प्रधानमन्त्रीले धेरै पटक बल हान्न पाए उनले गरेको हेड बलललले पनि निकै दर्सकदिर्घालाई निकै मनोरनजन प्रदान गरेको देखिन्थ्यो
रमाइलो र चखलाग्दा दृष्य भने पटक पटक देख्ज पाइयो नेता ज्यूहारुको दौडको पनि दृष्य राम्रो थियो बल अगाडी बडाउदा बाबुराम भटराई, हिसिता यमी, के.पी. ओली र बिजय गच्छधारको दैड सँगै भयो तर क्रान्तीकारी भएर होला भटराई नकै अगाडि देखिए यसैगगरी प्रधानमन्त्रीको लागि डौँड हुने हो भने ओली भन्दा भटराई पूरै अगाडी हुने रहेछन
No comments:
Post a Comment